logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपिएल अक्सनमा नेपालबाट सन्दीप मात्र सहभागी हुने


अंकुरण खबर
429
Shares

इन्डियन प्रिमियर लिग (आईपिएल) मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र सहभागी हुने भएका छन् ।

आईपिएल आयोजकले मंगलबार सार्वजनिक गरेको एक्सन सहभागी हुने खेलाडीको लिस्टमा नेपालबाट सन्दीपको मात्र नाम छ ।

आईपिएलको मेगा अक्ननका लागि सन्दीपसहित १५ जना खेलाडीले नाम दर्ता गराएका थिए । अक्सनको अन्तिम लिस्टमा सन्दीपको नाम समावेश छ।

दिल्लीबाट तीन पटक आईपिएल खेलेका सन्दीपको बेस प्राइस ४० लाख भारु तोकिएको छ।

अक्सनका लागि १२४६ खेलाडीले नाम दर्ता गराएका थिए । त्यसमध्ये मेगा अक्नसमा ५९० खेलाडीमात्र सहभागी हुने छन्। जसमध्ये ३७० भारती र २२० विदेशी खेलाडी छन्।