logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण कोरिया बन्यो एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम


अंकुरण खबर
1.079K
Shares

दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ ।

यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो ।

दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे ।

यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए । इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान आठ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो ।

यता, समूह ‘बी’ को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २(० अन्तरले पराजित  गर्यो । जापानको जितमा तुकुमी मिनामिनो र जुन्या इतोले एक एक गोल गरे । जापानको जितसँगै समूह ‘बी’ मा विश्वकपमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

आठ खेलबाट साउदी  १९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

मंगलबार नै भएको खेलमा अष्ट्रेलियाले ओमानसँग २–२ गोलको बराबरी खेल्यो । यस समूहबाट समेत दुई टोली विश्वकपमा सिधै स्थान बनाउने छन् ।

दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ ।