logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल


अंकुरण खबर
533
Shares

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गोल अन्तरले हराएको हो ।

साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।