logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
598
Shares

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनी बिरामी भएपछि पुस १६ गते अस्पताल भर्ना भएका थिए । उनलाई उपचारका क्रममा कोरोना संक्रमण देखिएको हो ।