धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोको रोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका एक संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा बिहीबार राति २८ वर्षीय संक्रमित युवकको मृत्यु भएको हो ।
उदयपुरको गाईघाटका ती युवकमा गत १४ गते कोरोना पुष्टि भएको थियो । त्यही दिन उनी प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएक थिए ।
हालसम्म प्रतिष्ठानमा २ सय ३९ कोभिड संक्रमितको मृत्यु भइसकेको जनाइएको छ ।