प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएको भन्दै विपक्षी दल एमालेले विरोध जनाएको छ ।
एमाले प्रदेश १ संसदीय दलको नेता भीम आचार्यले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी रहेको आरोप लगाएको छ । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्याएको छ ।
‘नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्दछ,’ वित्रप्तिमा भनिएके छ, ‘यस्ता कामहरु अविलम्ब रोक्न तथा बाढी-पहिरो पीडित जनताको राहतको निम्ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न आह्वान गर्दछ ।’
एमालेले प्रदेश सरकारलाई महामारीविरुद्धको खोप कार्यक्रम व्यवस्थित गर्न पनि मागगरेको छ । त्यसैगरी प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न, किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई तीव्रता दिन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
