logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो


अंकुरण खबर
1.157K
Shares

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

योसँगै लेस्टर सिटी बाहिरिएको छ ।

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएको हो । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे ।

कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे ।

अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै  बाहिरियो ।