logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमान जाने नेपाली क्रिकेट टोलीको भर्चुअल माध्यमद्धारा बिदाई


अंकुरण खबर
923
Shares

ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ ।

आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो ।

मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटकालागि हुने खेलकालागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी बिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपकालागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए। नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपकालागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गरेका छन् ।

राज्यले खेल पुर्वाधार निर्माणकालागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगित गर्दै मन्त्री अथकले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पुर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडी बढाईएको बताए ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरुलाई उच्च मनोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनकालागि समेत शुभकामना दिए ।

बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला लगाएतको उपस्थिती रहेको थियो ।