logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर


अंकुरण खबर
1.547K
Shares

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १(१ गोल गरेका थिए ।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए ।

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।