logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चेल्सी फिफा फाइनलमा प्रवेश


अंकुरण खबर
1.287K
Shares

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो ।