logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन : मन्त्री साह


अंकुरण खबर
780
Shares

आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएको दाबी गरेका छन ।

मधेस प्रदेश नाम राख्न  माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउदै अब मधेसी जनताले माओवादीप्रति कुनै गुनासो गर्ने ठाउँ नरहेको पनि उनले जिकिर गरे ।

गौशाला-८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले मधेसी दल नै मधेसीको पहिचानलाई कुण्ठित गर्नेतर्फ लागिरहेका बेला मधेसमा मधेस प्रदेश नामले पनि राहत प्रदान गरेको बताए ।

‘हाम्रो पार्टीले सदियौँदेखि पहिचानसहितको मुद्दा उठाउँदै आएको छ । यो मधेस प्रदेश नामांकरण पनि ऐतिहासिक सफलता हो,’ उनले भने ।