logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी सरकारले तीनदिनसम्म प्रदेश स्थापना दिवस मनाउने


अंकुरण खबर
832
Shares

लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन ।