logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युनाइटेड रोकिदा एभर्टनको सहज जित


अंकुरण खबर
1.482K
Shares

इंग्लिस प्रिमियर लिग फुटबलको शनिबारका खेलमा महारथी क्लब म्यानचेस्टर युनाइटेड रोकिदा एभर्टनले भने  सहज जित निकालेको छ।

घरेलु मैदानमा युनाइटेडले साउथह्याम्पटनसंग १-१ अन्तरको बराबरीमा रोकियो । युनाइटेडले अग्रता जोगाउन नसक्दा अंक बाढ्यो ।

२१औं मिनेटमा जाडोन सान्चोको गोलमा युनाइटेडले अग्रता बनायो । ४८औं मिनेटमा चेन एडाम्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरी पछि युनाइटेड २४ खेलबाट ४० अंक सहित पाचौं स्थानमा छ । समान खेलबाट २९ अंक बनाएको साउथह्याम्पटन १०औं स्थानमा छ ।

यता, एभर्टनले सहज जित निकाल्ने क्रममा  लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हरायो । घरेलु मैदानमा सिमुस कोलम्यान, माइकल किन र एन्थोनी गोर्डोनले एक एक गोल गरे ।

यस जितसँगै एभर्टन २२ खेलमा २२ अंक जोड्दै १६ औं स्थानमा  छ । लिड्स २३ अंक जोडेर १५ औं स्थानमा  छ ।

अन्य खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराउदा  ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीले नर्विचलाई ४-० अन्तरले पराजित गर्यो ।