logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा प्रवेश


अंकुरण खबर
871
Shares

मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।

एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडौँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।

स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनिएकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।