logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त


अंकुरण खबर
520
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ ९ताना० शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

शर्माको मंगलबार विहान निधन भएको थियो ।

‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा। तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।

निधन भए पनि कृतिका माध्यमबाट शर्मा अमर रहने उनले बताएकी छन् ।

‘आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामी बीच अमर रहनुहुनेछ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले लेखेकी छन् ।