logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिए मात्र जसपाले दिने


अंकुरण खबर
1.508K
Shares

जनता समाजवादी पार्टी (जसपा), नेपालले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा)एकीकृत समाजवादी) गर्ने निर्णयको आधारमा रणनीति बनाउने भएको छ ।

माओवादी र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा पक्षमा मतदान गरे पक्षमा र विपक्षमा मतदान गरे विपक्षमा मतदान गर्ने रणनीति जसपाले बनाएको हो ।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षरविपक्षमा जस्तो भूमिका खेल्छ उनीहरुकै आधारमा जसपाले आवश्यक निर्णय लिनेछ,’ जसपाका सांसद मोहम्मद इस्तीयाक राइले भने ।

सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले अवस्थामा एमसीसी पास गर्न नसकिने स्पष्ट बताउँदै आएका छन् । उनीहरुले एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसीलाई हालकै अवस्थमा प्रतिनिधिसभामा टेवल गरी अनुमोदन गनुपर्ने निर्णय गरिसकेको छ ।