logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संकटालाई पराजित गर्दा एनआरटी शीर्ष पाँचमा


अंकुरण खबर
897
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १–० ले स्तब्ध बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।

सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए ।

जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।

यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।

आज नै दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ अन्तरले पराजित गर्दै रेलिगेसन डर अन्त्य गरेको छ ।