logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा राजनीतिक दलको १ संख्या ६ पुग्यो


अंकुरण खबर
1.521K
Shares

निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको जनाएको हो ।

आयोगका अनुसार तीन दल थपिएका छन् । नयाँ थपिने दलमा जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ । निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले फागुन १५ गतेभित्र दल दर्ता गरिसक्नु पर्ने छ । यससँगै आयोगमा दल दर्ता हुने संख्या बढेको छ ।