logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन


अंकुरण खबर
1.443K
Shares

बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन् ।

१० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरासमेत अवगत गराउन मन्त्री सिंहले भनेका छन् ।

अहिलेसम्म मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ । १५ लाखभन्दा तलका योजनाहरू कार्यान्वयन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दलबीच भएको सहमतिअनुसार काम गर्न समेत मन्त्री सिंहले निर्देशन दिएका हुन् ।