logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी संसदमा टेबुल गर्ने कार्यव्यवस्था समितिको निर्णय


अंकुरण खबर
988
Shares

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकले आजको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने निर्णय गरेको छ।

केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो ।

उक्त निर्णयमा आपत्ति जनाउँदै सभामुखलाई नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति जनाएका छन्।

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।