logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो


अंकुरण खबर
2.509K
Shares

कर्णाली प्रदेशमा रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युत आयोजनाबारे यथार्थ चित्रण प्रस्तुत गर्न यो निर्देशन दिएका हुन्। कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको, सञ्चालन भएको र निर्माणाधीन रहेका छन् भन्नेबारे चासो लिँदै मन्त्री सिंहले हप्ता दिनभित्र त्यसको विवरण दिन आग्रह गरेका हुन् ।

साना लगानीका जलविद्युत योजना तोकिएको समयसम्म निर्माण नहुने र निर्माण भएका पनि दिगो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्न मन्त्री सिंहले यस्तो  निर्देशन दिएका हुन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई तत्काल सो रिपोर्ट पेस गर्न मन्त्री सिंहले निर्देशन दिए।

जगदुल्ला जलविद्युत आयोजनाबारेमा समेत छलफल भएको छ । आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले मन्त्री सिंहलाई आयोजनाको प्रगति विवरणका विषयमा जानकारी गराएका थिए ।