logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसियन स्की च्याम्पियनसिपमा चार खेलाडीले प्रतिस्पर्धा गर्ने


अंकुरण खबर
520
Shares

लेबनानको लिसेन्डमा आयोजना हुने ३०औं एसियन अल्पाइन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमबीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं सांसद जीवन राम श्रेष्ठले बिदाइ गरेका छन् ।

च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षक सहित ४ खेलाडी रहेका छन् । खेलाडीहरूमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता लामा र देबोरा तिमल्सिना रहेका छन् । यस्तै प्रशिक्षकमा प्रवीण कर्माचार्य रहेका छन् ।

नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप १० देखि १६ फागुनसम्म आयोजना हुने छ ।