logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाद्वारा कलाकार लामाको निधनप्रति शोक व्यक्त


अंकुरण खबर
715
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार जयनन्द लामाको निधनप्रति शोक व्यक्त गरेका छन् ।

उनले आज (बुधबार) समाजिक सञ्जालमार्फत कलाकार एवं  लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको बताएका छन् ।

उनले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले फेसबुकमा लेखेका छन्, ‘कलाकार एवं  लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका  एक असल साधक गुमाएको छ । दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो  समवेदना प्रकट गर्दछु ।’

६६ वर्षीय लामाको आज बिहान निधन भएको थियो ।