logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने


अंकुरण खबर
923
Shares

फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८  टिम सहभागी हुनेछन् । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ  ।

टिम प्रवेश शुल्क १२ हजार रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः  ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने छन् ।