शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल आजदेखि हुँदै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।
हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२औं स्थानमा छ ।
त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो १ बजे नै सुरु हुनेछ ।
च्यासल १२ खेलमा ६ अंक जोडेर तालिकाको पुछारमा छ । च्यासल यसअघि नै रेलिगेशनमा परिसकेको छ ।
अन्तिम चरणमा आइपुग्दा उपाधि र रेलिगेशनको यसअघि नै टुंगो लागिसकेको छ । अन्तिम चरणका खेलमा रौनकता कम देखिएको छ ।
मछिन्द्रले दुई खेलअघि नै ३२ अंक जोडेर उपाधि रक्षा गरिसकेको छ । च्यासलेसँगै ब्रिगेड ब्वाइज पनि रेलिगेशनमा परिसको छ ।