logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्री र सभामुख सापकोटाबीच भेटवार्ता


अंकुरण खबर
975
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले आज दिउँसो सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर सापकोटालाई भेटेका हुन् ।

संसदको गतिरोध हटाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सदनबाट पारित गराउने उपायबारे खाँणले सापकोटासँग छलफल गरेको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

खाँण सभामुखलाई भेटेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । संसदमा एमसीसी छलफललाई कसरी लैजाने भन्नेबारे सहमति नहुँदा भोलिसम्मको लागि बैठक स्थगित भएको छ ।