logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बास्केटबल : पुरुषतर्फ आर्मीलाई उपाधि


अंकुरण खबर
1.534K
Shares

टाइम्स बास्केटबल एकेडेमीलाई ९०-५८ अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि जितेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा टाइम्समाथि सहज जित निकाल्ने क्रममा आर्मीले पहिलो क्वाटरमा २२-१० को अग्रता बनायो ।

दोस्रो क्वाटरमा आर्मीले २४-२० को अग्रता बनाउँदा तेस्रो क्वाटरमा १७-१६ ले अघि रह्यो । अन्तिम क्वाटरमा २७-१२ को अग्रता बनाउँदै उपाधि जित्यो ।

उपाधिसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ भने उपविजेता टाइम्सले २५ हजार रूपैयाँ पाएको छ ।

आजै भएको महिला तर्फको फाइनलमा रोयल बास्केटबल एकेडेमीलाई पराजित गर्दै  विभागीय टोली पुलिसले उपाधि हात पार्यो ।