logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति


अंकुरण खबर
1.846K
Shares

नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

पार्टीको निर्णयपछि कुरा गर्दै  एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए ।

एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले न्युज कारखानासँग बताए ।