logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी हुन् सहभागी क्लबका मार्की र कोच


अंकुरण खबर
819
Shares

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा सहभागी हुने १० वटा क्लबले मार्की र कोचको टुंगो लगाएका छन् ।

स्पोर्टिङ इलाम डि मेचीले मार्कीमा तेज तामाङ र कोचमा मेघराज केसीलाई लिएको छ ।

यसैगरी, बिराटनगर  सिटी एफसीले मार्कीमा रन्जित धिमाल र  कोचमा विष्णु गुरुङलाई लिँदा झापा एफसीले मार्कीमा अन्जन बिस्ट लिने तयारी गरेको छ ।

वीरगञ्ज युनाइटेडले मार्कीमा देवेन्द्र तामाङ र कोचमा सुलभ जंग रानालाई लिँदा बुटवल लुम्बिनी एफसीले मार्की प्लेअर  विशाल श्रेष्ठ र कोचमा अनन्त थापालाई लिएको छ ।

पोखरा थण्डर्सले मार्कीमा सुजल श्रेष्ठ र कोषमा नवीन न्यौपाने, एफसी चितवनले मार्कीमा अनन्त तामाङ र कोचमा यम गुरुङ, काठमाडौ रेजर्सले मार्कीमा बिकेश कुथु र कोचमा बालगोपाल महर्जन, ललितपुर सिटी एफसीले मार्कीमा विमल घर्ती मगर र कोचमा प्रवेश कुटवाल र । धनगढी  एफसीले मार्कीमा विशाल राई र कोचमा युगल किशोर राईलाई लिएका छन् ।

यस पटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।