logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुलरको आत्माघाति गोलमा बायर्न रोकियो


अंकुरण खबर
624
Shares

अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ । लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।