logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा उक्लियो


अंकुरण खबर
741
Shares

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति नापोली घरेलु मैदानमा भएको खेलम एसीले नापोलीलाई १-० अन्तर गोलले पराजित गरेको हो । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ ।

पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ ।

राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेको छ ।