logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दीपेन्द्र आइसिसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा 


अंकुरण खबर
1.651K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयमा परेका हुन् ।

टी-२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा समेटेको हो । छनोटका खेलमा दीपेन्द्रले १५९ रन र तीन विकेट लिएका थिए । उनले फिलिपिन्सविरुद्ध ४७ बलमा ८३ रन बनाएका थिए ।

आइसीसीले महिलातर्फको पनि ‘प्लेयर अफ दी मन्थ’ को मनोनयमा सार्वजनिक गरेको छ । जसमा भारतकी मिथाली राज र दीप्ति शर्मासँगै न्युजिल्यान्डकी एमिलिया केर परेका छन् ।