logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नर्विचलाई हराउँदै चेल्सीको सहज जित


अंकुरण खबर
442
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेको छ ।