logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो


अंकुरण खबर
1.092K
Shares

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ ।

बिहीबार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ ।

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेको छ ।