logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई श्रीलंका-११ को २३३ रनको लक्ष्य


अंकुरण खबर
936
Shares

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटसामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्‍यो ।

श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।