logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक सुरु, एमाले सांसदको नाराबाजी


अंकुरण खबर
1.43K
Shares

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।