जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेस भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टीको निर्वाचन निर्देशिका, पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित प्रस्ताव र देशको राजनीतिक, समसामयिक परिस्थितिबारे छलफल केन्द्रीय रहेको बताए ।
आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा विस्तृत रुपमा छलफल हुने उनले जानकारी दिए ।
बैठक सोमबारसम्म चल्ने जसपाले जनाएको छ ।