logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी


अंकुरण खबर
1.352K
Shares

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् ।

कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएको निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । प्रेमध्वज लामा पहिलो चरणबाट बाहिरिएका थिए ।

पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न सकेनन् ।