logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा कठायत र देवकोटा चुनावी मैदानमा


अंकुरण खबर
845
Shares

देशको तीन खम्बे अर्थतन्त्र नीति मध्यको प्रमुख मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ जुम्लाको १६औं चुनावी साधारण सभामा व्यवसायी भैरव कठायत र पुरीचन्द्र देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

देवकोटा नेपाली कांग्रेस निकटबाट र कठायत वामपन्थी प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

देवकोटाको प्यानलबाट प्रथम उपाध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्षमा देवेन्द्र उपाध्याय, सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भूपेन्द्र बुढा, कमल रोकाया र देवीप्रसाद चौलागाईं रहेका छन् ।

यस्तै महिला सदस्यमा अनुपमा रोकाया, दलित सदस्यमा बलबहादुर सार्की र जनजाति सदस्यमा नन्दबहादुर गुरुङको उम्मेदवारी रहेको छ । देवकोटा प्यानलको लेखा समितिको संयोजकमा खड्क धामी, सदस्यमा धनबहादुर बोहरा र पूर्णप्रसाद चौलागाईंले उम्मेदवारी दिएका छन् ।

यस्तै युवा व्यवसायी कठयतको प्यानलमा प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनारको उम्मेदवारी रहेको छ ।

यस्तै महिला सदस्यमा चन्द्रवती उपाध्याय, जनजाति सदस्यमा मिमलाल श्रेष्ठ र दलित सदस्यमा डम्बर सार्कीको उम्मेदवारी रहेको छ । यस्तै लेखा समितिको संयोजनकमा बालकृष्ण बुढाक्षेत्री, सदस्यमा देविदास बुढा र शिवलक्ष्मी महतको उम्मेदवारी रहेको उद्योग वाणिज्य संघ जुम्लाका निर्वाचन संयोजक दिलबहादुर महतले बताए । १६औं चुनावी साधारण सभाको मतदाता संख्या ५०७ जना रहेका छन् ।