ललितपुरबाट २०४८ सालको प्रतिनिधिसभाको सांसद निर्वाचित सासंद मिठाराम शर्मा बजगाईं बुधबार मिर्गौला प्रत्यारोपणका लागि भारत जाँदैछन् ।
लामो समयदेखि दुवै मिर्गौला बिग्रेपछि उपचार गराइरहेका पूर्वसासंद बजगाईं केही आर्थिक संकलनपछि भारत जान लागेको हुन्। उनले भने, ‘पैसा नपुग्ने अवस्था भएकाले ऋण लिएर मिर्गौला प्रत्यारोपण गर्न लागेको छु।’
उनको मिर्गौला प्रत्यारोपण भारतको सिएमआरआई अस्पतालमा हुँदै छ ।
दक्षिण ललितपुरको बागमती गाउँपालिकाले पूर्व सांसद मिठाराम शर्मा बजगाईंलाई एक लाख ५० हजार उपचार खर्च दिएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्वसासंद मिठाराम शर्मालाई उपचार खर्च दिइएको बताए ।