logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनमा कोइराला समूहले आजको बैठकमा प्रतिवाद गर्ने


अंकुरण खबर
1.56K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएको छ ।

आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिमा पराजित शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएको हो ।

‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’ कांग्रेस नेता रञ्जित कर्णले भने, ‘सभापतिको सो निर्णयमा शेखर समूहबाट आजको बैठकमा प्रतिवाद हुनेछ ।’

सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टी प्रकट गरिसकेको छ ।

गत गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । जसमा कोइराला समूहले असन्तुष्टी जनाउँदै आएको छ ।