logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा १७ राजनीतिक दलले चुनावमा भाग लिने, ३४ वटा मतदानस्थल निर्धारण


अंकुरण खबर
1.703K
Shares

रसुवामा स्थानीय तहको चुनावका लागि १७ राजनीतिक दलले भाग लिने भएका छन् ।

आगामी ३० वैशाख हुने चुनावका लागि १७ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गानाइजेसन, नेपाली कांग्रेस (विपी), नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राप्रपा नेपाल, उन्नत लोकतन्त्र पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, तामसालिङ लोकतान्त्रिक पार्टी, नेपालको लागि नेपाली पार्टी, सामाजिक एकता पार्टी र जनसमाजवादी पार्टी, नेपाल दर्ता भएको हो ।

रसुवामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।

रसुवामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।