युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गरेका छन् ।
मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२० शृङखला सुरु भएको हो ।
खेलाडीहरुलाई हौसला बढाउन टियू मैदान पुगेका मन्त्री अथकले एम्पायरलाई क्रिकेट बल प्रदान गरेर सिरिजको उद्घाटन गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले नेपाल र पपुवा न्यूगिनी (पीएनजी) का खेलाडीहरुलाई शुभकामना दिए ।
नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दैछ । जसअन्तर्गत आज नेपालले पहिलो खेल पपुवा न्यूगिनी (पीएनजी) सँग खेलेको छ ।
यस्तै दोस्रो खेल मलेसियासँग खेल्ने तालिका रहेको छ ।