logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वमन्त्री बृजेशकुमार गुप्तासहित प्रदेश सांसद् एमाले प्रवेश


अंकुरण खबर
676
Shares

पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । त्यसका लागि ओली कपिलवस्तु नै पुगेका थिए ।

गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका-४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका-६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका-८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान एमालेमा प्रवेश गरेका छन् ।

यस्तै, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप साहलगायतका नेताकार्यकर्ता पनि नेकपा एमाले प्रवेश गरेका हुन् ।