logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पिएनजीको लगातार दोस्रो हार


अंकुरण खबर
676
Shares

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी) लाई आठ रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउन सक्यो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए । मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीनरतीन विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि १८० रनको योगफल तयार गरेको थियो ।

मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए ।  यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए ।

पिएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए । सोमबारदेखि सुरु भएको श्रृंखलामा पिएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो ।

त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२:३० मा नेपाल र मलेसिया खेल्नेछन् ।