logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल : पौडेल


अंकुरण खबर
546
Shares

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको बताए ।

केन्द्रीय समिति बैठकमा निर्वाचनमा तालमेल गर्ने विषयमै छलफल केन्द्रित भएको उनले बताए । पौडेलले स्थानीय आवश्यकता अनुसार स्थानीय स्तरबाट तालमेल हुने बताए ।

पौडेल वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजानु पर्ने पक्षमा थिए ।