logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सातै प्रदेशमा तालिम संचालन गर्नुपर्छ : मन्त्री अथक


अंकुरण खबर
1.053K
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताएका छन् ।

बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम संचालन गर्नुपर्ने बताएका हुन् ।

स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भुमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री अथकले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उनले सातै प्रदेशमा यस प्रकारको तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिए ।

निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भईहरहेको जानकारी दिदैं त्यसको तयारीमा लाग्न समेत मन्त्री अथकले प्रशिक्षकहरुलाई निर्देशन दिए । “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन कार्यविधि तयारी अवस्थामा रहेको छ, आवश्यक अध्ययन पछि प्रतियोगिताको मिति तय हुन्छ” मन्त्री अथकले भने, “सात वटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुने गरी तयारी सुरु गर्नुहोस ।”

वागमती प्रदेशले पहिलो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरीसकेको तर्फ ईगित गर्दै मन्त्री अथकले अन्य प्रदेशहरुलाई समेत तत्काल प्रतियोगिता संचालन गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङ सम्बन्धि प्रशिक्षण समेत आवश्यक रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) द्धारा ७ दिनसम्म संचालित क्षमता अभिबृद्धि तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बहादुर विकले जानकारी दिए ।