logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमल थापाको जिल्लामा लिङ्देन जाँदै, राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा


अंकुरण खबर
1.469K
Shares

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् ।

हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।

बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला हो ।