logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै


अंकुरण खबर
650
Shares

कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ ।

आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ ।

हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ ।

अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी प्लेअफबाट एक र उत्तर अमेरिका–आसियाना प्लेअफबाट एक टोली गरी तीन देशले विश्वकपमा स्थान बनाउन बाँकी छ ।

फिफाले छनोट भएका ३२ टोलीलाई फिफा वरीयताअुनसार चार ‘पोट’मा विभाजन गरेको छ । प्रत्येक ‘पोट’मा आठ टोली छन् । यसरी आठ पोटमा चार चार राष्ट्र रहि समूह निर्धारण गरिनेछ ।