logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियाविरुद्ध पीएनजीले टस जितेर बलिङ गर्दै


अंकुरण खबर
936
Shares

नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ । यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दै छ ।

शृंखलामा मलेसिया दोस्रो जित निकाल्ने योजनामा छ । यता, पीएनजी भने पहिलो जितको खोजीमा छ ।

मलेसियाले २ खेलबाट २ अंक जोडेको छ । यता, पीएनजी भने विनाअंक पुछारमा छ ।

यता, नेपाल भने लगातार दुई खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ । नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ ।

आजको जितले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ ।